यूरोपमा अमेजन प्राइम सब्सक्रिप्सनको मूल्य ४३ प्रतिशतले वृद्धि

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
यूरोपमा अमेजन प्राइम सब्सक्रिप्सनको मूल्य ४३ प्रतिशतले वृद्धि

काठमाडौं ।

अमेजनले यूरोपियन बजारमा आफ्नो प्राइम सब्क्रिप्सनको मूल्य बढाएको छ। टेकक्रन्चको अनुसार अमेजनले यूरोपियन बजारमा प्राइम सब्सक्रिप्सनको मूल्य ४३ प्रतिशतसम्मले बढाएको हो।

अमेजनले ६ महिना अघि अमेरिकामा प्राइम सब्सक्रिप्सनको मूल्य १७ प्रतिशतले बढाएको थियो। ११९ अमेरिकी डलरबाट कम्पनीले १३९ अमेरिकी डलर पुर्याएको थियो।

यूरोपियन मुलुक अनुसार मूल्य वृद्धि फरक छ। सबैभन्दा धेरै मूल्य फ्रान्समा बढाइएको छ। फ्रान्सका अमेजन सब्स्क्राइबर यस अघि तिर्दै आएको ४९ यूरोमा थप ४३ प्रतिशत तिर्नु पर्नेछ। जर्मनीका ग्राहकले ६९ यूरोमा थप ३० प्रतिशत अतिरिक्त तिर्नुपर्छ। यूकेका ग्राहकले ७५ पाउन्ड स्ट्रलिङमा थप २० प्रतिशत शुल्क तिर्नु पर्नेछ।

नयाँ मूल्य १५ सेप्टेम्बर २०२२ देखि लागु हुनेछ। मूल्य वृद्धिबाट नयाँ सदस्य र नवीकरणहरु प्रभावित हुनेछन्।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार