रुसमा बिटक्वाइटबाट भुक्तानी गर्न नपाइने

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
रुसमा बिटक्वाइटबाट भुक्तानी गर्न नपाइने
फाइल तस्बिर

काठमाडौं ।

रुसी नागरिकले चाँडै भुक्तानीको रुपमा डिजिटल सम्पत्तीको प्रयोग गर्न नपाउने भएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामान र सेवाहरुको भुक्तानीका लागि डिजिटल सम्पत्तीहरु क्रिप्टोकरेन्सी र एनएफटीहरु प्रयोग गर्न निषेध गर्ने कानूनमा हस्ताक्षर गरेका छन्।

नयाँ काूनले क्रिप्टो एक्सचेन्ज र प्रदायकहरुले लेनदेन अस्वीकार गर्न पनि आवश्यक छ। जसलाई डिजिटल भुक्तानीको रुपमा व्याख्या गरिन्छ।

यस वर्षको शुरुमा न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्नो देश माथि लगाइएको प्रतिबन्धबाट प्रभावित केही रुसी कम्पनीहरुले त्यसबाट बच्न क्रिप्टोकरेन्सी प्रयोग गर्न सक्ने अमेरिकी अधिकारीहरुले विश्वास व्यक्त गरेका थिए।

रुसले युक्रेनमा आर्कमण शुरु गरेको केही दिनसम्म बिटक्वाइनको मूल्य पनि बढेको इनग्याजेडले उल्लेख गरेको छ।

रुसी अधिकारीहरु डिजिटल सम्पत्तीमा धेरै आकर्षित नरहेको बताइएको छ। रुसको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीमा पूर्ण प्रतिबन्ध् लगाउन आह्वान गरेको छ।

रुसको वित्त मन्त्रालयको कारण यो सम्भव भएन। वित्त मन्त्रालय क्रिप्टो प्रविधिको विकासका लागि तत्काल प्रतिबन्धको पक्षमा रहेको छैन।

अबको १० दिनमा उक्त कानून कार्यान्वयनमा आउनेछ। सो समय पछि क्रिप्टोबाट गरिने भुक्तानी रुसमा गैरकानूनी हुनेछ।

डिक्रिप्टका अनुसार रुसी नागरिकहरुले अझै पनि बिटक्वाइट लगायत क्रिप्टोकरेन्सीहरुमा लगानी गर्न सक्छन् र सम्भवतः उत्खनन पनि जारी राखिनेछ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...