
काठमाडौं ।
विश्वभर विश्व इमोजी दिवस २०२२ मनाइएको छ। इमोजीको प्रभाव विश्वभर धेरै भएकाले विशेष दिन भन्दै विश्वभरका सञ्चार तथा सामाजिक सञ्जालद्धारा मनाईएको अमर उजालाले जनाएको छ।
वास्तवमा भन्ने हो भने, खुशी, आश्चर्य वा दुःख व्यक्त गर्ने लामो वाक्यहरू सानो पहेंलो अनुहारमा परिणत हुनु नै सामान्य भाषामा इमोजी हो।
प्रसिद्ध उपन्यासकार व्लादिमिर नाबोकोभले भाषाको विकल्प संकेतद्वारा हुुनुपर्ने सुझाब दिइरहदा वैज्ञानिक स्कट फहलम्यानले १९८२ मा भाषालाई भावना र आइकनहरू संकेत दिएका थिए ।
२१ औं शताब्दीमा सञ्चारका नयाँ प्रविधीले धेरै लामो यात्रा गरिरहदा स्पार्ट फोनले शब्दहरुको प्रयोग कुराकानीबाट हटाएर चित्र वा संकेतलाई बढावा दिएको छ। इमोजीलाई पिक्टोग्राम, लोगोग्राम, आइडियोग्राम वा स्माइली पनि भनिन्छ।
डिजिटल अन्तरक्रियाको आगमन पछि इमोजीले सञ्चारलाई सजिलो बनाएको छ। इमोजीले शब्दहरूको प्रयोगलाई स्पष्ट रूपमा घटाएको हुनाले तिनीहरू सञ्चार गर्ने सबैभन्दा सजिलो माध्यम बनेका छन्।
मोर्स कोडदेखि तत्काल सन्देशसम्म, विश्वव्यापी स्तरमा मानिसहरूको सञ्चार गर्ने तरिकामा ठूलो परिवर्तन फेसबुक, ट्विटर लगायत ह्वाट्स एप, इन्ट्राग्राममा इमोजीको प्रयोगमा देखिएको हो।
प्रकाशित: २ श्रावण २०७९, सोमबार