काठमाडौं ।
नमस्ते पे एपबाट प्लेनको टिकट काट्न पाइने भएको छ। नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडानमा टिकट सेवा शुरु गरेको हो।
यो सेवा अहिले एन्ड्रोइडमा उपलब्ध भएको र चाँडैं आईओएसमा पनि उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।
साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ। जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँ बराबरको फ्ल्याट क्यासब्याक प्राप्त गर्नेछन्।
अन्य बाँकीले उडान टिकट खरिद गर्दा १५० रुपैयाँ बराबरको फ्ल्याट क्यासब्याक पाउनेछन्। भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउने कम्पनीले उल्लेख गरेको छ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार