काठमाडौं ।
छोटो भिडियो सेयरिङ एप टिकटकले अमेरिकामा राम्रो व्यवसाय गरेको छ। रिपोर्टका अनुसार अमेरिकामा टिकटकको राजश्व लगातार वृद्धि भइरहेको छ।
सन् २०२२ मा टिकटकले अमेरिकामा विज्ञापनबाट ५.९६ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्ने प्रक्षेपण गरिएको गिजचाइनाले उल्लेख गरेको छ।
यो राजश्व गत वर्षको भन्दा करिब २.८ गुणा बढी हो।
टिकटक विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो। जसको प्रयोगकर्ता विश्वभर १ अर्बभन्दा धेरै छन्।
मार्केट रिसर्च फार्म इनसाइडर इन्टिलिजेन्सले टिकटकको विश्वबजार राजस्व सन् २०२२ मा ३ गुणाले बढेर ११ मिलियन अमेरिकी डलर पुग्ने जनाएको छ।
टिकटकले सामाजिक सञ्जालका प्रतिस्पर्धी ट्विटर र स्न्यापचाटलाई विज्ञापन राजश्वमा पछि पार्नेछ।
टिकटक प्रयोेगकर्ताको संख्या वृद्धि भएसँगै विज्ञापनबाट प्राप्त हुने राजश्व २०२२ मा ५.८९ बिलियन अमेरिकी डलर पुग्ने बताइएको छ।
रिसर्च फर्मले ११ बिलियन डलर पुग्ने दाबी गरेपनि टिकटकले त्यसको आधा भन्दा केहीले बढी ५.८९ बिलियन अमेरिकी डलर पुग्ने लक्ष्य लिएको हो।
गुगल म्यापका अनुसार पछिल्लो समय टिकटकसँगै पुलिङ प्रयोगकर्ता बढ्दै गएका छन्।
टिकटककै कारण विज्ञापनको बढावा भएर मुलुककै राजस्व बढ्ने अनुमान रहेको छ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार