
काठमाडौं ।
एटीएम मेसिन फोर्न खोज्ने यूवक पक्राउ परेका छन्। पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेशिन फोर्न खोज्ने नरेश पुन मगर पक्राउ परेका हुन्।
एटीएम मेसिन फोर्न खोजेको अभियोगमा महानगरपालिका ९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार