
काठमाडौं ।
मारुती ग्राण्ड भिटारा इलेक्ट्रिक हाइब्रिड प्रविधिमा आउने भएको छ। कम्पनीले मारुती ग्राण्ड भिटारा इलेक्ट्रिक हाइब्रिडको नयाँ टिजर सार्वजनिक गरेको छ।
कम्पनीले मारुती ग्राण्ड भिटारा दुई ट्रिम ग्रान्ड भिटारा र ग्रान्ड भिटारा इलेक्ट्रिक हाइब्रिड प्रविधिमा ल्याउने तयारी शुरु गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनी उक्त कारमा ईभी मोड र ड्राइभ मोड दिनेछ।
नयाँ टिजरमा भिटारको नयाँ डिजाईनका साथै हाइब्रिड भेरियन्ट देखाइएको छ। कारमा ईभी मोड तथा ड्राइभ मोडमा परिवर्तन गर्ने विकल्प दिइनेछ। चालकले एक बटनको मद्दतबाट कुनै पनि मोडमा स्विच गर्न सक्नेछन्।
सुुजुकीले टोयोटासँग मिलेर हाइब्रिड प्रविधि विकास गरिरहेको छ।
शुरुवातमा यो प्रविधि टोयोटाको आगामी एसयूभी अर्बन क्रूजर आईराइडरमा दिइनेछ र त्यसपछि मारुती ग्राण्ड भिटारामा उक्त प्रविधि प्रयोग गरिनेछ। कारमा १.५ लिटर पेट्रोल इन्जिनको प्रयोग गरिनेछ र जसमा शक्तिशाली हाइब्रिड विकल्प दिइनेछ।
कारलाई ईभी मोड जस्तै शून्य उत्सर्जन मोड अर्थात ब्याट्रीबाट पनि चालउन सकिन्छ। टोयोटाको हाईराइडरले औसतमा २६ देखि २८ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्नेछ। मारुती ग्राण्ड भिटाराको माइलेज पनि समान हुने विश्वास गरिएको छ।
ग्राण्ड भिटारा हाइब्रिडमा पनि १.५ लिटरको पेट्रोल इन्जिन दिइनेछ। जसले १०३ एचपी पवार र १३७ न्यूटन मिटर टर्क प्रदान गर्नेछ। यसका साथै माइल्ड हाइब्रिडको विकल्प पनि दिइनेछ। कारमा ५ स्पिड म्यानुअल गियरबक्स र ६ स्पिड अटोमेटिकको विकल्प दिइनेछ। यसका साथै स्नो र स्पोर्ट ड्राइभ मोड दिइनेछ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार