ह्वाट्सएपमा भ्वाइस नोट स्टेटसको रुपमा राख्न सकिने

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
ह्वाट्सएपमा भ्वाइस नोट स्टेटसको रुपमा राख्न सकिने

काठमाडौं ।

ह्वाट्सएपले भ्वाइस नोट स्टेटसको रुपमा राख्न सकिने फिचर ल्याउने भएको छ। ह्वाट्सएप फिचर ट्रयाकर वाबेटाइन्फोका अनुसार ह्वाट्सएपले भ्वाइस नोट स्टेटसको रुपमा राख्न सकिने फिचरमा काम गरिरहेको छ।

ह्वाट्सएपमा अहिले फोटो र भिडियो मात्र स्टेटसको रुपमा राख्न सकिन्छ। अगामी दिनमा ह्वाट्सएप प्रयोगकर्ताले भ्वाइस नोटलाई पनि स्टेटसका रुपमा राख्न सक्छन्।

वाबेटाइन्फोले भ्वाइस नोट स्टेटसको स्क्रिनसट पनि सेयर गरेको छ। जसमा भ्वाइस नोट कसरी राख्ने भन्ने जानकारी दिइएको छ। जसमा स्टेटस ट्याबको तल्लो भागमा एउटा नयाँ आइकन देखाइएको छ। जसबाट भ्वाइस नोट स्टेटस अपडेट गर्न सकिन्छ।

यो फिचर विकासकै क्रममा छ। भ्वाइस नोट स्टेटस कहिलेदेखि प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् भन्ने जानकारी प्राप्त नभएको इन्डियनएक्सप्रेसले उल्लेख गरेको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...