ट्रूकलरको नयाँ ओपन डोर्स एप सार्वजनिक, के के छन् विशेषता?

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
ट्रूकलरको नयाँ ओपन डोर्स एप सार्वजनिक, के के छन् विशेषता?

काठमाडौं ।

ट्रूकलरले ओपन डोर्स नामको नयाँ एप सार्वजनिक गरेको छ। यो एप एन्ड्रोइड तथा आईओएस डिभाइसका लागि उपलब्ध गराइएको हो।

यो एउटा लाइभ अडियो एप हो जसले अडियो सोशल एप क्लबहाउसले झैं काम गर्दछ। ओपन डोर्स एप नयाँ तथा ट्रूकलर पहिलेदेखि चलाउँदै आएका सबै यूजरका लागि उपलब्ध हुने भास्कर डट कमले जनाएको छ।

यसमा यूजरले सुरक्षित तथा गोप्य तरिकाले कुराकानी गर्न सक्दछन्। यो एप स्टकहोम तथा भारतको विशेष टोलीले मिलेर डेभलप गरेका हो।

यो एप निशुल्क रुपमा उपलब्ध हुने बताइएको छ। यो एप गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

कसरी प्रयोग गर्ने?

ओपन डोर्स एप प्रयोग सजिलै गर्न सकिन्छ। यसअघि नै ट्रूकलर एप चलाइरहेकाहरुले एक ट्याप गरेर नै साइन-इन गर्न सक्नेछन्।

नयाँ यूजरहरुले ओटीपीमार्फत् फोन नम्बर भेरिफाई गराएर साइन इन गर्न सकिन्छ। यो एप प्रयोग गर्दा कन्ट्याक्ट तथा फोनको पर्मिशन दिनुपर्ने हुन्छ।

ओपन डोर्स एपबाट कुराकानी गर्दा एक अर्काको फोन नम्ब देखिँदैन। नोटिफिकेशन पाएपछि वा यूजरले शेयर गरेको लिंकमा गएर कुराकानीमा सहभागी हुन सक्छन्।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार