टाटा नेक्सन इभी प्राइम सार्वजनिक

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
टाटा नेक्सन इभी प्राइम सार्वजनिक

काठमाडौं ।

टाटा मोटर्सले टाटा नेक्सन इभीको नयाँ भेरियन्ट टाटा नेक्सन इभी प्राइम सार्वजनिक गरेको छ।

ड्राइभस्पार्कका अनुसार टाटा नेक्सन इभी प्राइम टाटा नेक्सन इभीको अपडेटेड भर्जन हो। जुन कार केही अतिरिक्त फिचरका साथ उपलब्ध हुनेछ।

टाटा नेक्सन इभी प्राइममा दिइएको केही नयाँ फिचर नेक्सन इभी म्याक्समा मात्र उपलब्ध छ। नयाँ फिचरका रुपमा रिजन मोड, क्रुज कन्ट्रोल, स्मार्टवाच कनेक्टिभिटी र आई-टीपीएमएसलगयात छन्।

टाटा नेक्सन इभी म्याक्समा शक्तिशाली ४०.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ। जसले ४३७ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ।

टाटा नेक्सन इभी प्राइमको मूल्य १४ लाख ९९ हजार भारु देखि १७ लाख ५० हजार भारु बीच हुने अनुमान छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार