जापानको माइक्रोन डीर्याम फ्याबमा विद्युत प्रवाह असन्तुलन

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
जापानको माइक्रोन डीर्याम फ्याबमा विद्युत प्रवाह असन्तुलन

काठमाडौं ।

माइक्रोन टेक्नोलोजीको  जापानको हिरोशिमामा रहेको डीर्याम  फ्याबमा विद्युत प्रवाहमा उतारचढाव आएको छ।

कम्पनीले गत जुलाई ८ मा यो क्षेत्रमा प्रतिकूल मौसमका कारण लामो समयसम्म बिजुली अवरुद्ध भएको बताएको।

उर्जामा आएको यस प्रकारको उतारचढावका कारण केही समयका लागि उक्त फ्याब बन्द नै गर्नुपरेको डिजिटाइम्सले जनाएको छ।

यसपछि फ्याब पुन: सञ्चालनमा आए पनि कम मात्रमा मात्र उत्पादन भएको र आउँदो हप्ताबाट उत्पादन बढ्ने बताइएको छ।

विद्युत प्रवाहमा उतारचढाव आउँदा प्रोसेसिङमा रहेका वेफरहरु गुणस्तर मापदण्डमा खरो उत्रन सक्छन् वा सक्दैनन् भनेर मूल्याङ्कन भइरहेको माइक्रोनले बताएको छ।

माइक्रोनले यो वर्षको चौथो त्रैमास र २०२३ को पहिलो त्रैमासमा उत्पादन  तथा वेफर बिग्रिने कारणबाट उत्पादनमा हुनसक्ने खराबीका आधारमा लागतमा प्रभाव पर्ने आकलन गरेको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार