
काठमाडौं ।
मोबाइल बैंकिङ तथा वालेटबाट गरिने (टपअप) रिचार्ज सेवा अबरुद्ध भएको छ। टपअप सेवा के कारणले अबरुद्ध भएको भन्ने अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन।
नेपाल टेलिकम र एनसेल दुवैमा वालेट तथा मोबाइल बैंकिङको माध्यमबाट रिचार्ज हुन सकिरहेको छैन।
यस विषयमा टेक्नोलोजीखबरले नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियासँग कुराकानी गर्दा बुझेर जानकारी गराउने बताएका छन्।
ईसेवाका प्रतिनिधिले पनि के कारणले टपअप सेवा अबरुद्ध भएको भन्ने विषय जानकारीमा नभएको बताएका छन्। उनले केही समयका लागि टपअप सेवा अवरुद्ध भएको स्वीकार गरेका छन्।
प्रकाशित: २९ असार २०७९, बुधबार