४८० किमि रेन्जयुक्त बीवाईडीको अट्टो ३ ईभी सिंगापुरमा सार्वजनिक

  • Technology Khabar | २९ असार २०७९, बुधबार
४८० किमि रेन्जयुक्त बीवाईडीको अट्टो ३ ईभी सिंगापुरमा सार्वजनिक

काठमाडौं ।

चिनियाँ अटो निर्माता बीवाईडीले सिंगापुरमा अट्टो ३ एसयूभी सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार हालसम्मकै सबैभन्दा शक्तिशाली मूलधारको ईभी मानिएको अट्टो ३ एसयूभीले स्थानीय बजार तताउने दावी गरेको छ।

यसले एक पटकको चार्जमा ४८० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ।

१० वर्षअघि सिंगापुरको बजारमा प्रवेश गरेको बीवाईडीले ट्याक्सी, पर्यटन बस, शहरी बस, ट्रक, फोर्कलिफ्ट तथा शहरी बन्दोबस्तीसम्बन्धी सवारीका रुपमा विद्युतीय सवारीहरु उपलब्ध गराउँदै आएको छ।

यो गाडीको प्रत्यक्ष प्रतिस्पर्धा एमजी एचएस प्लगइन हाइब्रिड तथा होण्डाई कोना इलेक्ट्रिकसँग हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।

अट्टो ३ यसअघि अन्य बजारमा सार्वजनिक भएको बीवाईडी युआन प्लसको नयाँ नामयुक्त ईभी हो। यसको नाम भौतिक विज्ञानमा समयको सबैभन्दा सानो एकाई ‘अट्टोसेकेन्ड’ बाट प्रभावित भएर राखिएको बताइएको छ।

यसको मूल्य १ लाख ७८ हजार ८८८ सिंगापुर डलर तोकिएको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार