काठमाडौं ।
एचएमडी ग्लोबलले नयाँ नोकिया टी१० ट्याबलेट सार्वजनिक गरेको छ। नोकिया टी१० सानो र शक्तिशाली ट्याबलेट भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
८ इन्चको डिस्प्ले भएको ट्याबलेटमा वाईफाई र वाईफाई प्लस फोरजी एलटीई मोडलमा उपलब्ध छ।
ट्याबलेट दुई भेरियन्ट ३ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलब्ध छ। माइक्रोएसडी कार्डबाट ट्याबलेटको स्टोरेज क्षमता ५१२ जीबीसम्म बढाउन सकिन्छ।
नोकिया टी१० को ८ इन्चको एलसीडी डिस्प्लेले १२८० वाई ८०० पिक्सल रेज्यूलेसन प्रदान गर्छ।
ट्याबलेट एन्ड्रोइड १२ अपरेटिङ सिस्टमबाट सञ्चालन हुन्छ। कम्पनीले ट्याबलेटमा ३ वर्षसम्म मासिक सेक्युरेटी अपडेट दिने बताएको छ।
५२५० एमएएच ब्याट्रीले १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
नोकिया टी१० ट्याबलेटमा ८ मेगापिक्सलको मुख्य क्यामरा र भिडियो कल र सेल्फीका लागि २ मेगापिक्सलको क्यामरा दिइएको छ। साथै यसले फेस अनलक प्रविधि पनि सपोर्ट छ।
ट्याबलेट वाटर रेसिस्टेन्ट आईपीएक्स२ रेटेड हो।
नोकिया टी१० ट्याबलेट बेस भेरियन्टको मूल्य १५९ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २९ असार २०७९, बुधबार