चीनमा ४२ करोड ८० लाख फाइभजी मोबाइल प्रयोगकर्ताहरू

  • Technology Khabar | २९ असार २०७९, बुधबार

काठमाडौं ।

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभजी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ।

मन्त्रालयकाअनुसार मेको अन्त्यसम्म १७ लाख ५जी बेस स्टेशनहरू संचालनमा रहेका थिए।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाकाअनुसार सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ।

अगाडि बढ्दै, ५जी नेटवर्क निर्माणलाई अगाडि बढाउँदै फाइभजी एप्लिकेसनहरूको विकासलाई बढावा दिँदै ५जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध भएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया