अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं ।

अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो।

यसका लागि आयोगले पाइलेट परियोजना अन्तर्गत वेबमा आधारित भोटर लिस्ट प्रि रजिस्ट्रेसन सिस्टम तयार गरेको छ।

पाइलेट परियोजनाका रुपमा काठमाडौं उपत्याका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)बाट असार २९ गतेदेखि सेवा शुरु गर्ने आयोगले असार २८ गते निर्णय गरेको जानकारी दिएको छ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा) अनलाइनबाटै पेश गर्न सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

सो पश्चात् अनलाइन फाराममा उल्लिखित संकेत नं. सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन काकार्यलयमा सम्पर्क राख्नजानु पर्नेछ।

मातदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनु हुन आयोग अनुरोध गर्दछ विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...