
काठमाडौं ।
विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले आफ्ना स्याटेलाइट (भूउपग्रह)हरू अन्तरिक्षमा प्रक्षेपण गरिरहेका छन्। अन्तरिक्ष एजेन्सीहरूद्वारा पठाइएका यी स्याटेलाइट र अन्तरिक्ष यानले अन्तरिक्षमा समस्या निम्त्याइरहेको छ। जसका कारण त्यहाँ चहलपहल बढेको छ भने ‘स्पेस जंक’ भनिने फोहोर पनि बढेको छ। यस्तो फोहोर जुन अन्तरिक्षमा पृथ्वीको कक्षमा तैरिन्छन्। यसको मात्रा यति बढेको छ कि त्यहाँका अन्तरिक्ष यात्रीहरूका लागि पनि खतरा बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बसोबास गर्ने अन्तरिक्ष अनुसन्धान गर्ने अन्तरिक्ष यात्रीहरू यस फोहोरको खतरामा पर्छन्। तर, अचम्मको कुरा के छ भने अन्तरिक्ष यात्री आफैंले पनि यस्तो फोहोर ठूलो परिमाणमा उत्पादन गरिरहेका छन् । अब त्यसलाई डिस्पोज गर्नसकिने बारेमा एउटा खुसीको खबर बाहिर आएको छ।
अन्तरिक्ष सेवा कम्पनी नानोर्याक्स (Nanoracks) ले रिपोर्ट गरेको छ कि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका चालक दलका सदस्यहरूले फोहोर फाल्ने नयाँ तरिका फेला पारेका छन्। हालसालै जुलाई २ मा, आईएसएसको कमर्शियल बिशप एयरलकबाट विशेष फोहोर झोला भित्र लगभग १७२ पाउन्ड (७८ किलोग्राम) फोहोर राखेर फालिएको छ। यो एयरलक प्रणाली नानोर्याक्सद्वारा डिजाइन गरिएको हो, जसको काम अन्तरिक्षमा फोहोर फाल्ने हो।
कम्पनीले दिएको जानकारी अनुसार जुलाई २ मा यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको बिशप एयरलकलाई सफलतापूर्वक सञ्चालन गरेको थियो र नानोर्याक्सले स्टेशनबाट करिब १७२ पाउण्ड फोहोर फाल्न यो प्रविधि प्रयोग गरेको थियो। यसले नयाँ कक्षीय फोहोर-डिस्पोजल प्रविधिको परीक्षण गरिरहेको थियो, जुन नानोर्याक्सले नासाको जोन्सन स्पेस सेन्टरसँगको सहकार्यमा पूरा गरेको थियो। फालिएको फोहोर राम्रोसँग तैरिएको बताइएको छ।
आईएसएसमा यात्रारत अन्तरिक्ष यात्रीहरूले आफ्नो अन्तरिक्ष घरहरूमा जम्मा गर्ने फोहोर महिनौंसम्म भण्डारण गर्ने गर्थे। पछि यसलाई सिग्नस कार्गो भेहिकलमा लोड गरिने गरिन्थ्यो। फोहोरको झोलाले भरिएको अन्तरिक्ष यान पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा जल्ने गर्दथ्यो।
अब नयाँ डिस्पोजल प्रणालीको साथ, आईएसएसमा यात्रारत टोलीले ६००0 पाउन्डसम्म फोहोर भर्न सक्छ, जसलाई नानोर्याक्सको एयरलक्सको सहयोगमा डिस्पोजल गरिनेछ।
यसको विशेष कुरा भनेको फोहोर व्यवस्थापन गर्ने यो प्रविधि अन्तरिक्ष उडानका लागि यसअघि नै प्रयोग भइसकेको छ।
नानोर्याक्सले भिडियोमार्फत पनि यो प्रविधिको व्याख्या गरेको छ।
प्रकाशित: २८ असार २०७९, मंगलवार