
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम दुवैमा वृद्धि आएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ जेठ महिनासम्मको प्रतिवेदनमा वैशाख मसान्तदेखि जेठ मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्यामा ३ हजार १०९ ले वृद्धि भएको देखिएको छ।
वैशाख महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ५२ हजार ७०५ रहेको थियो। यो सङ्ख्या २०७९ जेठ मसान्तसम्म आइपुग्दा केही बढेर २ लाख ५५ हजार ८१४ मा पुगेको छ।
कारोबार संख्या बढे अनुसार त्यही अनुपातमा कारोबार रकममा पनि वृद्धि भएको पाइएको छ।
यसै अनुरुप २०७९ वैशाख मसान्तदेखि जेठमसान्तसम्मको एक महिनाको अवधिमा कारोबार सङ्ख्या र रकम दुवै बढेको छ।
आँकडा अनुसार वैशाख मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा २३ करोड ९० लाख रुपैयाँले बढेर १२ अर्ब १५ करोड ६० लाख रुपैयाँमा आइपुगेको छ।
प्रकाशित: २८ असार २०७९, मंगलवार