कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार: रकम र सङ्ख्या दुवैमा वृद्धि

  • Technology Khabar | २८ असार २०७९, मंगलवार

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा २८ अर्ब १५ करोड ६० लाख रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् वैशाख महिनाभरी ३१ लाख १५ हजार ८८ कारोबार भएकामा यो सङ्ख्या जेठ मसान्तसम्ममा आइपुग्दा ३ लाख ३८ हजार २८२ ले बढेर ३४ लाख ५३ हजार ३७० मा पुगेको छ।

कारोबार सङ्ख्या बढेसँगै कारोबार रकममा पनि उस्तै हिसाबले बढोत्तरी देखिएको छ।

प्रतिवेदन अनुसार वैशाख मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् २ खर्ब ५९ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा २८ अर्ब १५ करोड ६० लाख रुपैयाँले बढेेर २ खर्ब ८७ अर्ब ५४ करोड ८० लाख रुपैया पुगेको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया