भ्वाइसबाट कन्ट्रोल गर्न मिल्ने फ्यान शाओमीद्वारा सार्वजनिक

  • Technology Khabar | २७ असार २०७९, सोमबार
भ्वाइसबाट कन्ट्रोल गर्न मिल्ने फ्यान शाओमीद्वारा सार्वजनिक

काठमाडौं ।

शाओमीले भारतमा नयाँ उत्पादन सार्वजनिक गरेको छ। शाओमीले भारतमा स्मार्ट स्ट्यान्डिङ फ्यान २ सार्वजनिक गरेको हो।

कम्पनीले ‘क्वाइट स्मार्ट, क्वाइट कूल’ नारा सहित फ्यान सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

फ्यानमा रहेको बीएलडीसी मोटरले प्राकृतिक हावा प्रदान गर्छ। फ्यानमा यूनिक ७ प्लस ५ पंखा रहेको छ। नयाँ स्मार्ट फ्यानले करिब १०० स्पीड लेभलसहित त्रिआयामिक (थ्री डाइनामिक) वायु प्रवाह प्रदान गर्छ।

आकर्षक डिजाइनमा रहेको फ्यानको तौल ३ किलोग्राम छ। प्रयोगकर्ताको आधारमा फ्यानको उचाई मिलाउन सकिन्छ। फ्यानले ३०.२ डीबीको न्यूनतम ध्वनि र ५५.८ डीबीको अधिकतम ध्वनिमा हावा प्रदान गर्छ।

फ्यानलाई गुगल एसिस्टेन्ट र अमेजन एलेक्साको सहायताले आवाजबाट कन्ट्रोल गर्न सकिन्छ।

यसका साथै स्मार्ट होम हबसँग फ्यान जोडिएकाले रिमोटबाट पनि कन्ट्रोल गर्न सकिन्छ। स्मार्ट स्ट्यान्डिङ फ्यानको मूल्य ७५ अमेरिकी डलर अर्थात ५ हजार ९९९ भारु तोकिएको छ।

उक्त स्मार्ट फ्यान एमआई इन्डिया वेबसाइटमा उपलब्ध छ।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...