इलन मस्कको ४४ अर्ब डलरको ट्विटर सम्झौता खतरामा !

  • Technology Khabar | २५ असार २०७९, शनिबार
इलन मस्कको ४४ अर्ब डलरको ट्विटर सम्झौता खतरामा !

काठमाडौं ।

सामाजिक सञ्जाल ट्विटर किन्ने इलन मस्कको ४४ अर्ब डलरको सम्झौता खतरामा परेको छ। वासिङ्टन पोस्टको यो रिपोर्टपछि बिहीबार ट्विटरको सेयर घटेको थियो। यस रिपोर्टका अनुसार मस्कले विगतमा प्लेटफर्ममा रहेको फेक अकाउन्टलाई लिएर आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अब यही कारणले उनीहरुले यो सम्झौता पनि रद्द गर्न सक्ने अनुमान गरिएको छ।

रिपोर्टका अनुसार आन्तरिक डाटामा पहुँच दिएपछि पनि मस्कको टोलीले प्लेटफर्ममा कति प्रतिशत नक्कली खाताहरू छन् भनेर पत्ता लगाउन सकेको छैन। सम्झौता खतरामा परेको खबर आएपछि ट्विटरको स्टक चार प्रतिशतले घटेको हो।

गत महिना, कतार इकोनोमिक फोरममा, मस्कले ट्विटरसँगको सम्झौता धेरै महत्त्वपूर्ण प्रश्नहरूमा अड्किएको बताएका थिए, जसमध्ये एउटा प्लेटफर्ममा उपस्थित नक्कली प्रयोगकर्ताहरू हुन्। त्यसपछि मस्कले भने,  ‘हामी चाँडै समाधान खोज्ने कोशिस गर्दैछौं किनकि यसले हाम्रो लागि धेरै अर्थ राख्छ।’

त्यसबेला ट्विटरले प्लेटफर्ममा फेक अकाउन्टमध्ये ५ प्रतिशत मात्रै रहेको बताएको थियो । तर मस्कको विश्वास छ कि यो संख्या त्यसभन्दा धेरै छ। यसै क्रममा मस्कले कम्पनीको ऋणबारे केही प्रश्नहरू रहेकाले त्यसमा निर्णय गर्नुपर्ने बताए।

दिनहुँ लाखौं खाताहरू डिलिट गरिँदै

समाचार एजेन्सी एपीका अनुसार प्लेटफर्मबाट दैनिक करिब १० लाख फेक अकाउन्ट हटाइने गरेको ट्विटरले जानकारी दिएको छ। साथै, कम्पनीले मस्कलाई प्लेटफर्मको आन्तरिक डाटामा पहुँच दिएको छ, तर अझै पनि थाहा छैन कि कति प्रतिशत खाताहरू नक्कली छन्।

यसअघि मस्कले प्लेटफर्ममा रहेका २२ करोड ९० लाख खातामध्ये २० प्रतिशत नक्कली भएको आशंका व्यक्त गरेका थिए । उनीहरू अब यो सम्झौता पहिले गरेको ४४ अर्ब अमेरिकी डलरभन्दा कममा गर्न चाहन्छन्। मस्कले बताएअनुसार ट्विटरले सार्वजनिक रूपमा प्लेटफर्ममा पाँच प्रतिशत भन्दा कम स्पाम खाताहरू छन् भनेर प्रमाणित गर्नुपर्नेछ।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार