सामसङ ग्यालेक्सी वाच५ को विवरण लीक, आगामी अगस्तमा सार्वजनिक हुने

  • Technology Khabar | २५ असार २०७९, शनिबार
सामसङ ग्यालेक्सी वाच५ को विवरण लीक, आगामी अगस्तमा सार्वजनिक हुने

काठमाडौं ।

सामसङको ग्यालेक्सी वाच५ आगामी आगस्तमा सार्वजनिक हुने भएको छ।

उक्त डिभाइसका केही विवरण हालै बाहिरिहएका छन्। ९१मोबाइल्सका अनुसार यो डिभाइसका दुई मोडल आउनेछन्।

एउटा प्रो मोडल हाइ-इन्डको हुने र यसलाई प्रोजेक्ट एक्स नाम दिइएको इन्ग्याजेटले उल्लेख गरेको छ।

यो मोडल कालो वा खैरो टाइटानियममा आउने तर एलटीईसहित वा रहित भर्सन भने छान्न पाइने बुझिएको छ।

अर्को भ्यानिला मोडल भने बढी फिटनेसमा केन्द्रित हुने बुझिएको छ। यसमा पनि दुई ओटा साइज तथा एलटीई मोडमको विकल्प उपलब्ध हुने बताइएको छ।

रुमरहरुका अनुसार ग्यालेक्सी वाच५ का यी दुवै भेरियन्ट अगस्तमा आयोजना हुने सामसङको समर अनप्याक्ड इभेन्टमा सार्वजनिक हुन सक्ने बुझिएको छ।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...