स्टारलिंकको इन्टरनेट डुंगामा पनि चलाउन मिल्ने, मासिक शुल्क ५ हजार डलर

  • Technology Khabar | २५ असार २०७९, शनिबार

काठमाडौं ।

स्टारलिंकले डुंगा, जहाज तथा निजी जहाजका लागि विशेष डिश उपलब्ध गराउने भएको छ।

एफसीसीले यस्ता सवारीमा इन्टरनेट सेवा प्रदान गर्न इजाजत दिएको केही दिनमा यस्तो जानकारी दिएको हो।

स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले स्टारलिंक म्यारिटाइम नामक उक्त सेवामार्फत् समुद्रमा ३५० एमबीपीएस डाउनलोड स्पीड क्षमता प्रदान गर्ने बताएको छ।

जहाज तथा डुंगामा शुरुवातमा इन्टरनेट कनेक्शन नहुने भएकाले ३५० एमबीपीएसलाई पनि खासै खराब मान्नु नपर्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

तर यसको मूल्य भने सोचेजस्तो सस्तो छैन। यसको डिश लगायत हार्डवेयरको शुल्क शुरुमै बुझाउनु पर्ने र यसको मात्र मूल्य १० हजार डलर पर्ने समाचारमा जनाइएको छ।

यसबाहेक इन्टरनेट प्रयोग गरेबापत मासिक शुल्क ५ हजार डलर रहेको छ। प्रयोग नभएको बेला सेवालाई बन्द गर्ने सुविधा भने उपलब्ध गराइएको छ।

यो सेवाको शुल्क घरायसी शुल्कको तुलनामा बढी रहेको पाइएको छ। घरायसी शुल्क हार्डवेयरको ५९९ डलर तथा मासिक शुल्क ११० डलर मात्र रहेको छ।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार