स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति नलिई माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैलाई सूचित गरेको छ।

प्राधिकरणले एउटा सूचना जारी गर्दै स्वीकृति बेगर विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने L6 GHz ( 5.925 GHz to 6.425 GHz ) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्नसक्ने भन्ने बुझिएकोले स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैलाई सूचित गरेको हो।

‘प्राधिकरणबाट अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

प्राधिकरणबाट अनुमति नलिई गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा/जानकारी भएमा प्राधिकरणमा सूचित गरिदिन पनि सबैमा अनुरोध गरिएको छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार