दैनिक १० लाख स्पाम एकाउन्ट डिलिट गरिन्छन्: ट्विटर

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
दैनिक १० लाख स्पाम एकाउन्ट डिलिट गरिन्छन्: ट्विटर

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले दैनिक १० लाख ओटा स्पाम एकाउन्ट डिलिट गर्ने गरेको छ।

कम्पनीले बिहीबार कार्यकारीहरुलाई फेक र बट एकाउन्टका बारेमा बुझाउने क्रममा यस्तो जानकारी दिएको हो।

कम्पनीका धेरै स्पाम एकाउन्ट रहेको भन्ने इलन मस्कको आरोपसँग जुधिरहेको कम्पनीले आफ्ना कार्यकारीहरुलाई यसबारे प्रस्ट्याएको हो।

४४ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका टेस्लाका सीईओ इलन मस्कले ट्विटरले आफ्ना दैनिक एक्टिभ यूजरमध्ये ५ प्रतिशतभन्दा तलको मात्र स्पाम एकाउन्ट रहेको प्रमाणित नगरेमा सम्झौताबाट पछि हट्ने चेतावनी दिएका छन्।

हालसम्म झूट तथा भ्रामक जानकारी फैलाउने स्पाम एकाउन्टको प्रमाण देखाउन नसकेका कारण ट्विटरले यसको सङ्ख्यालाई नजरअन्दाज गर्न खोजेको मस्कको आरोप छ।

ट्विटरले भने उक्त कार्यक्रमका क्रममा स्पाम एकाउन्ट ५ प्रतिशतभन्दा तल रहेको र यो आँकडा प्रत्येक त्रैमासमा एक्टिभ यूजरको सङ्ख्याका आधारमा निकालिने दावी पनि गरेको छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २४ असार २०७९, शुक्रबार