
काठमाडौं ।
एप्पलले नयाँ स्मार्ट वाच सार्वजनिक गर्ने भएको छ। नयाँ वाच एप्पल वाचको ‘एक्सट्रिम स्पोर्टस’ भर्सन हुनेछ।
टेकक्रन्चका अनुसार एप्पलको स्मार्टवाचमा कम्पनीकै सर्वाधिक ठूलो डिस्प्ले दिइनेछ। उक्त डिस्प्ले ठूलो ब्याट्री र रग्ड मेटल केसिङमा उपलब्ध हुनेछ।
एप्पलको वाचको डिस्प्ले करिब २ इन्चको हुनेछ। एक्सट्रिम स्पोर्टस मोडलको स्क्रिन हाल उपलब्ध एप्पल वाचको तुलनामा ७ प्रतिशत ठूलो हुनेछ। जसले ४१० पिक्सर वाई ५०२ पिक्सल रिज्यूलेसन प्रदान गर्नेछ। ठूलो नयाँ स्मार्ट वाचमा एक्सरसाइजका लागि उत्कृष्ट ट्रैकिङ मेट्रिक्स समायोजित गर्नका लागि वाचमा ठूलो ब्याट्री दिइएको हो।
स्टेनलेस स्टिलबाट निर्मित स्मार्ट वाचको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ।
एप्पलका सबै नयाँ वाचमा एस८ प्रोसेसर प्रयोग गरिएको छ। नयाँ स्मार्ट वाच सेक्टेम्बरमा सार्वजनिक हुने सम्भवाना छ।
प्रकाशित: २३ असार २०७९, बिहीबार