शाओमीको सेल्फ ड्राइभिङ कार परीक्षणको क्रममा देखियो

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
शाओमीको सेल्फ ड्राइभिङ कार परीक्षणको क्रममा देखियो

काठमाडौं ।

शाओमीको सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बजारमा आउने भएको छ। स्मार्टफोन, होमअप्लायन्स लगायत उपकरणमा प्रभुत्व जमएसँगै सवारीको क्षेत्रमा पनि शाओमीले हात हाल्न लागेको हो।

कम्पनीले सन् २०२४ को पहिलो क्वाटरमा विद्युतीय सवारीको मास उत्पादन गर्ने घोषणा गरिसकेको छ।

गिज्मोचाइनाका अनुसार शाओमीको कार पूर्ण फिचर युक्त सेल्फ ड्राइभिङ कार हुनेछ। जसको सिँधा प्रतिस्पर्धा टेस्ला लगयात अन्य इभीसँग हुनेछ।
आज (विहीबार) विबो ब्लगरले शाओमीको सेल्फ ड्राइभिङ कारको परीक्षण भइरहेको तस्बिर सेयर गरेको छ। यसले कम्पनी आफ्नो योजना अनुरुप विकासमा प्रतिबद्ध रहेको संकेत गर्छ।

पातलो डिजाइनमा देखिएको कारको रुफमा लाइडर सेन्सर जडान गरिएको छ। यो कारको परीक्षण डिजाइन भएकाले अन्तिम डिजाइन भने परिवर्तन भएर आउन सक्छ।

शाओमीले अन्य ब्राण्डको कारमा लाइडर सेन्सर र सेन्फ ड्राइभिङ प्रविधिको परीक्षण गरेको हुन सक्ने पनि गिज्मोचाइनाले उल्लेख गरेको छ।

शाओमीको सवारी सम्भवत स्वचालित हुनेछ। लाइडर सेन्सर सेल्फ ड्राइभिङ कारका लागि महत्वपूर्ण कम्पोनेट हो। लाइडरले सवारीको कम्प्युटर र ड्राइभिङ निर्णय गर्न मेकानिकल प्रणालीको लागि थ्रीड भिजिन प्रदान गर्छ।

शाओमी कार उत्पादनका लागि गम्भीर रहेको छ। यस वर्षको शुरुवातमा कम्पनीले अगामी १० वर्षमा १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने योजनाको बारेमा जानकारी दिएको थियो।

शाओमीका सीईओ लेई जुन नयाँ स्मार्ट इलेक्ट्रिक सवारीको सीईओका रुपमा काम गर्नेछन्।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...