
काठमाडौं ।
चिनियाँ ब्राण्ड शाओमीले आफ्नो पहिलो प्रो एमआई ब्याण्ड तथा इन्टेल इभो ल्यापटप सार्वजनिक गरेको छ।
ब्याण्ड ७ प्रो मा १.६४ इन्चको डिस्प्ले दिइएको छ जुन ब्याण्ड ७ को तुलनामा केही चौडा छ।
एमआई ब्याण्ड ७ प्रो मा वर्गाकार वाच फेस दिइएको छ जुन मेटल टेक्स्चर फ्रेममा उपलब्ध छ। यो ब्याण्ड हरियो र खैरोसहित थुप्रै रंगमा उपलब्ध छ।
यसमा ११७ ओटा एक्सरसाइज मोड र १० ओटा फरक फरक रनिङ कोर्स समावेश छ। यसबाहेक जीपीएस र एनएफसी सपोर्ट र अलवेज अन डिस्प्ले सिस्टम पनि रहेको छ।
यस्तै हार्ट रेट तथा ब्लड-अक्सिजन ट्र्याकिङ तथा स्लीप मनिटर फिचर दिइएको छ। ५ एटीएम वाटर रेजिस्टेन्स रहेको यो डिभाइसमा २३५ एमएएचको ब्याट्रट्ठ दिइएको छ जसको ब्याकअप १२ दिनसम्म हुने कम्पनीको दावी छ।
प्रकाशित: २३ असार २०७९, बिहीबार