
काठमाडौं ।
जापानमा अनलाइन गालीगलौज गरेमा जेल सजाय हुने भएको छ।
हालै जारी भएको नयाँ कानून कार्यान्वयनमा आएपछि १ वर्षसम्म जेल सजाय हुन सक्ने द भर्जले उल्लेख गरेको छ।
यसबाहेक अनलाइन गालीगलौजको आरोप लागेका व्यक्तिलाई ३ लाख जापानी येन जरिबाना गरिनेछ। यसअघि यो सजाय ३० दिनभन्दा जेल र १० हजार येन जरिबानामा मात्र सीमित थियो।
आलोचकहरुले भने झैं अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भए नभएको जाँचका लागि उक्त कानूनलाई तीन वर्षमा समीक्षा गरिने द भर्जले लेखेको छ।
देशमा साइबर दुरुपयोग तथा गालीगलौजका घटना मत्थर पार्नुपर्ने तथ्य उठेकाले यो कानून ल्याइएको बुझिएको छ।
कानूनले के कस्ता पोस्टलाई गाली गलौज मानिने भन्ने प्रस्ट नखुलाइएको जापानका एक अपराध क्षेत्रका वकिल सेइहो चो ले भने।
कानून अनुसार गाली गलौज भन्नाले कुनै तथ्यबिना कसैको मानमर्दन गर्ने हिसाबले गरिएका पोस्ट भनेर बुझ्नुपर्ने र यो मानहानीभन्दा फरक हुने पनि बताइएको छ।
प्रकाशित: २३ असार २०७९, बिहीबार