
काठमाडौं ।
टाटा मोटर्सले भारतमै सेमिकन्डक्टर बनाउने भएको छ।
टाटाले जापानको सेमिकन्डक्टर कम्पनी रेनेसास इलेक्ट्रोनिक्स कर्पोरेसनसँग सम्झौता गरेको छ।
सेमिकन्डक्टरको डिजाइन, विकास तथा उत्पादनका लागि टाटा समूहको सहायक कम्पनी तेजस नेटवर्क लिमिटेड र रेनेसास इलेक्ट्रोनिक्सबीच सम्झौता भएको लाइभमिन्टले उल्लेख गरेको छ।
आगामी पुस्ताको वायरलेस नेटवर्क उपकरण उत्पादनका लागि रेनेसासले तेजससँग काम गर्नेछ।
जसमा फोरजी, फाइभजी र ओपन रेडियो एक्सेस नेटवर्क (ओ-आरएएन)का लागि दूरसञ्चार नेटवर्कमा प्रयोग हुने रेडियो यूनिट (आरयू)का लागि सेमिकन्डक्टर उपकरण डिजाइन र विकास रहेको छ।
प्रकाशित: २० असार २०७९, सोमबार