टिप्स

अफ लाइन जीमेल सेवा शुरु, यसरी प्रयोग गर्न सकिन्छ अफलाइन सेवा

अफ लाइन जीमेल सेवा शुरु, यसरी प्रयोग गर्न सकिन्छ अफलाइन सेवा
Global IME Bank

जीमेल मेलिङ सर्भिस मध्येको चर्चित सेवा मध्ये एक हो। गत वर्ष जीमेलका प्रयोगकर्ता १.८ बिलियन रहेको न्यूज१८ले उल्लेख गरेको छ।

कुल इमेल प्रयोगकर्ता मध्ये जीमेलको मार्केट हिस्सा १८ प्रतिशत रहेको छ। ७५ प्रतिशत प्रयोगकर्ताले मोबाइलबाट जीमेल चलाउने गर्छन्।

अहिले गुगलले जीमेलको अफलाइन सेवा शुरु गरेको छ।

यो सेवाबाट प्रयोगकर्ताले इमेल अफलाइन पढ्न, सर्च गर्न, मेलको रिप्लाई पनि गर्न सक्छन्।

गुगलको नयाँ अपडेटसँगै इन्टरनेट बिनै प्रयोगकर्ताले जीमेलको प्रयोग गर्न सक्छन्। यसका लागि गुगल मेल बुकमार्क गर्नु पर्ने हुन्छ।

कसरी लिने जीमेलको अफलाइन सेवा?

जीमेलको अफलाइन सेवा गुगल क्रोममा मात्र प्रयोग गर्न सकिन्छ। यसका लागि तपाईँको पीसी वा ल्यापटपमा गुगल क्रोम इन्स्टल भएको हुनुपर्छ।

  • सर्वप्रथम गुगल क्रोममा जीमेल खोल्ने।
  • जीमेलको सेटिङमा क्लिक गर्ने।
  • त्यसपछि सी अल सेटिङमा क्लिक गर्ने।
  • नयाँ पेजको माथिल्लो भागमा रहेको अफलाइन अप्सनमा क्लिक गर्ने।
  • त्यसपछि इनेबल अफलाइन मेल चेक बक्समा टिक गर्ने।
  • त्यसपछि तपाईँले आफ्नो आवश्यकता अनुसार सेटिङ गर्न सक्नुहुनेछ। जस्तै कति दिनको म्यासेज सिंक गर्न चाहनु हुन्छ।
  • अन्त्यमा सेभ चेन्जमा क्लिक गर्ने।
Sajilo Visa
easy care