एनिमेसन र डिजाइनिङ पाठ्यक्रमा राख्न सरोकारवालाहरुको सुझाब

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
एनिमेसन र डिजाइनिङ पाठ्यक्रमा राख्न सरोकारवालाहरुको सुझाब

काठमाडौं ।

एनिमेसन र डिजाइनिङ पाठ्यक्रमा राख्नु पर्ने सरोकारवालाहरुले बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्दै आइरहेको मिट द साइन्टिस प्रोग्रामको तेस्रो सिरिज अन्तर्गत आज (बुधबार) आयोजना गरिएको ‘ब्रेकिङ द आईसीई (इन्फर्मेसन, कम्युनिकेसन एण्ड इन्टरटेन्मेन्ट) इन्डस्ट्री फर इकोनोमि ग्रोथ एण्ड क्रेट इम्पोमेन्ट अपर्च्युनिटी’मा सरोकारवालाहरुले एनिमेसन र डिजाइनिङलाई पाठ्यक्रममा राख्नु पर्ने बताएका हुन्।

एनिमेसन र डिजाइनिङ क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न यस विषयलाई पाठ्यक्रममा राख्नु पर्ने सरोकारवालाहरुको भनाइ छ।

इन्सेसेन्ट रेन स्टुडियोका सीईओ तथा फाउन्डर किरणभक्त जोशीले नेपालमै एनिमेसनका क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिए विदेशी फिल्महरुको छायांकन तथा निर्माण स्वदेशमै गर्न सकिने बताए।

‘फिल्म छायांकन गर्नका लागि विदेशी निर्माताले परिकल्पना गरेका भन्दा सुन्दर र आकर्षण स्थान नेपालमा छ। विदेशीले नेपाललाई हिमालको देश भनेर चिन्छन्,’ जोशीले भने, ‘यहाँ हिमाल मात्र हैन, समथर तराई, सांस्कृति र पुरातात्विक दृष्टिकोणले अब्बल उपत्यका र जीवन्त पहाड छन्।यहाँ उनीहरुले परिकल्पना गरेको जस्तो छायांकन स्थलर र नयाँ कन्टेन्ट प्राप्त गर्न सक्छन्।’

यदि नेपालमै एनिमेसन गर्न सक्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने हो भने फिल्मको धेरै काम नेपालीबाटै गर्न सकिने उनले बताए।

माया एकेडेमीका सीईओ इन्द्रलाल बलामीले शैक्षिक पाठ्यक्रममा एनिमेसन र डिजाइनको विषय अध्ययन नहुँदासम्म आवश्यक जनशक्तिको अभाव सँधै रहिरने बताए।

‘हामीले प्रयोग गर्ने हरेक वस्तुमा एनिमेसन र डिजाइन देख्न सक्छौं। उद्योग, कर्पोरेट हाउस, व्यवसाय, सरकारी अड्डा सबै क्षेत्रमा डिजाइन गर्न सक्ने दक्ष जनशक्तिको अभाव छ। नेपालमा उत्पादन हुने जनशक्तिले स्वदेशको मात्र नभएर अन्तर्राष्ट्रिय माग पनि पुर्ति गर्न सक्छ।

विदेशको तुलनामा नेपालको जनशक्ति सस्तो र क्रियटिभ हुने भएकाले हाम्रो जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ।

नेपाल विज्ञापन संघ (आन)का पूर्व अध्यक्ष सन्तोष श्रेष्ठले डिजाइन जानेका कुनै पनि व्यक्तिहरु बेरोजगार बस्नु नपर्ने बताए।

‘यदि कोही डिजाइन जानेका व्यक्ति छन् भने सम्पर्क गराइदिनुस् म रोजगरीको ग्यारेन्टी दिन्छ,’ उनले भने। कोभिड-१९ का कारण धेरैले रोजगारी गुमाउनु परेको थियो। तर क्रेटिभ डिपार्टमेन्टका एक जनाको पनि रोजगारी नगुमेको उनको दावी छ।

सञ्चालमा धेरै लाइक पाउन र आफ्नो उत्पादनको प्रमोशन गर्न पनि डिजाइन आवश्यक पर्ने उनले बताए।

प्याराकोस्मा नेपालको सीईओ तथा फाउन्डर केन एरहार्टले नेपालमा ग्राफिक डिजाइन र एनिमेसन गर्न सक्ने जनशक्तिको अभाव रहेको औंल्याए।

भर्चुअल रियालिटी र गेमिङ उद्योगको क्षेत्रमा सेवा पुर्याउँदै आएको प्याराकोस्माले सन् २०१६ देखि नेपालमा कम्पनी सञ्चालन गरिरहेको छ। कम्पनीले हाल ७० जनाभन्दा धेरै नेपालीलाई रोजगारी प्रदान गरिरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • २५ जेष्ठ २०७९, बुधबार