
काठमाडौं ।
यूनिसोकको चिपसेटको नाम केही महिनायता लगातार चर्चामा रहँदै आएको छ। यो चिपसेट रहेका फोन कम मूल्यमा सार्वजनिक हुने गरेका छन्।
चीनको यो सेमिकन्डक्टर कम्पनी यूनिसोकले हालै बजेट रेन्जका थुप्रै डिभाइसमा आफ्ना चिपसेट प्रयोग गरेको छ।
तर हालै आएको एउटा रिपोर्टमार्फत् यूनिसोक चिपसेट भएका स्मार्टफोनमा यूजरलाई हानी पुर्याउन सक्ने केही गम्भीर सुरक्षा समस्या देखिएका बीजीआर डट आईएनले उल्लेख गरेको छ।
चेकप्वाइट रिसर्चको हालै आएको रिपोर्टअनुसार यूनिसोक चिपसेट भएका स्मार्टफोनमा यस्ता समस्या देखिएका हुन्।
चेक प्वाइन्ट सफ्टवेयरका सेक्युरिटी रिसर्चर स्लाभा माक्काभिभले हमलाकारीहरुले यूजरलाई यी बगहरुमार्फत् हानी पुर्याउन रेडियो स्टेशनको प्रयोग गर्न सक्ने समाचारमा जनाइएको छ।
यूनिसोकमा भएको यो समस्या यसअघि मोटोरोलाको मोटो जी२० मा पनि भेटिएको थियो। यो फोनमा यूनिसोक टी७०० चिपसेट राखिएको थियो। यसबाहेक अनुसन्धाताहरुले यूनिसोक चिपसेटयुक्त अन्य डिभाइसहरुमा पनि सुरक्षा समस्या भेटाएका थिए।
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार