
काठमाडौं ।
दक्षिण कोरियाली सरकारले मेटाभर्स परियोजनाहरूलाई लगानी गर्न १७ करोड ७० लाख लगानी गर्ने योजना बनाएको छ। यस क्षेत्रमा लगानीले रोजगारीका अवसरहरू पनि बढाउनेछन्।
दक्षिण कोरिया मेटाभर्स उद्योगको विकासमा लगानी गर्ने प्रारम्भिक देशहरू मध्ये एक हो। एक अनुमानअनुसार, यो क्षेत्र आगामी दुई वर्षमा ८०० अर्ब पुग्न सक्छ।
बिटक्वाइन डट कमको रिपोर्टले दक्षिण कोरियाका विज्ञान, सूचना र सञ्चार प्रविधि मन्त्री लिम हाइसुकलाई उद्धृत गर्दै यस क्षेत्रमा धेरै सम्भावनाहरू भएको बताएको छ। दक्षिण कोरियाको सरकारले मेटाभर्स इकोसिस्टम बढाउन मद्दत गर्न चाहन्छ। सियोल मेट्रोपोलिटन सरकारले मेटाभर्समा प्रवेश गर्ने दक्षिण कोरियाको पहिलो सहर सियोल बनाउन तयार छ।
मेटाभर्सले इन्टरनेट समानतालाई पूर्ण नयाँ स्तरमा लैजाने बताईएको छ। गेमिङ उद्योग जस्ता सिर्जनाकर्ताहरूले मेटाभर्सलाई अगाडि बढाउनमा प्रमुख भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार