कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामरा’

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामरा’
सांकेतिक तस्बिर

काठमाडौं ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामरा जडान गरिएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामरा जडान गरिएको जानकारी दिए।

त्यसैगरी यहाँका ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

एक सय ३२ मतदानस्थलमध्ये ६६ वटा मतदानस्थललाई अतिसंवेदनशील, ४० वटा मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ।

कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि अतिसंवेदनशील मतदानस्थलको सङ्ख्या बढी छ। मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील मतदानस्थल छन् भने १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन्।

त्यसैगरी क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील मतदानस्थल छन्। तेह्र वटा संवेदनशील र १३ सामान्य मतदानस्थल छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील,१३ संवेदनशील र नौवटा सामान्य मतदानस्थल रहेका जनाइएको छ।-रासस

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २० फाल्गुन २०८२, बुधबार