भोडाफोनको बेलायती कारोबारलाई थ्री युकेसँग मर्ज गर्न वार्तामा

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार
भोडाफोनको बेलायती कारोबारलाई थ्री युकेसँग मर्ज गर्न वार्तामा

काठमाडौं ।

बेलायती दूरसञ्चार सेवा दिईरहेको कम्पनी भोडाफोन र प्रतिद्वन्द्वी मोबाइल नेटवर्क अपरेटर थ्री युके (3 UK) ले आफ्नो बेलायती सञ्चालनहरू मर्ज गर्न नयाँ वार्तामा संलग्न रहेका छन्।

सन् २०२१ मा अपरेटरहरू बीचको अघिल्लो मर्जर वार्ता बिना सहमति समाप्त भएको थियो। फाइनान्सियल टाइम्सले यस विषयमा प्रत्यक्ष जानकारी भएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै नयाँ मर्जको बारेमा कुराकानी भईरहेको रिपोर्ट गरेको छ।

छलफल भइरहेको ठ्याक्कै संरचनाको बारेमा बुझ्न नसकेको रिपोर्टले जनाएको छ।

भोडाफोनले आफ्नो पोर्टफोलियोलाई सरल बनाउन, प्रमुख बजारहरूमा आफ्नो रणनीति बढाउन र प्रतिफल बढाउन युरोपको सबैभन्दा ठूलो एक्टिभिष्ट फण्ड सेभियन क्यापिटलको दबाबको सामना गरिरहेको बेला यो कदम आएको हो।

टेलिकम समूहका प्रमुख कार्यकारी निक रीडले गएको फेब्रुअरीमा कम्पनीले धेरै युरोपेली बजारहरूमा प्रतिद्वन्द्वीहरूसँग मर्जर गरिरहेको बताएका थिए ।

यसमा नियामकहरूबाट थप अनुकूल संकेतहरूले प्रेरित गरेको बताईएको छ जसले कोभिड १९ महामारीको समयमा नेटवर्क लगानीको मूल्य बुझेका छन्।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार