कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम बढ्दो, एक महिनामै १७ अर्बको वृद्धि

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम बढ्दो, एक महिनामै १७ अर्बको वृद्धि

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा १७ अर्ब ४३ करोड ८० लाख रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् फागुन महिनाभरी ३३ लाख ३९ हजार ५५४ कारोबार भएकामा यो सङ्ख्या चैत्र मसान्तसम्ममा आइपुग्दा २ लाख ६५ हजार ८७६ ले बढेर ३६ लाख ५ हजार ४३० मा पुगेको छ।

कारोबार सङ्ख्या बढेसँगै कारोबार रकममा पनि उस्तै हिसाबले वृद्धि भएको छ।

प्रतिवेदन अनुसार फागुन मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा १७ अर्ब ४३ करोड ८० लाख रुपैयाँले बढेर २ खर्ब ९१ करोड २९ लाख ६० हजार रुपैयँमा पुगेको छ।

यस्तो छ कनेक्ट आईपीएसमार्फत् चैत्र महिनासम्मको कारोबार:

महिना कारोबार सङ्ख्या कारोबार रकम रु.
श्रावण २९, ५६, ९६७ २, १३, ३७, ५०, ०००००
भाद्र ३२, २४, १७५ २, ३२, ५४, ३०, ०००००
आश्विन ३५, १०, २२६ २, ३९, १४, ८०, ०००००
कार्तिक २७, ६०, ५०३ २, ०३, ०३, ६०, ०००००
मंसिर २८, ९५, ६१७ २, २८, ४५, ४०, ०००००
पौष ३१, ४५, ९५९ २, ४७, ४७, ४०, ०००००
माघ ३१, ४०, १८० २, ३६, ४२, ३०, ०००००
फागुन ३३, ३९, ५५४ २, ७३, ८५, ८०, ०००००
चैत्र ३६, ०५, ४३० २, ९१, २९, ६०, ०००००

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार