देशभर गुणस्तरीय सूचना प्रविधिको पहुँच पुर्याउन थप काम गर्नुपर्ने सञ्चारमन्त्रीको भनाई

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
देशभर गुणस्तरीय सूचना प्रविधिको पहुँच पुर्याउन थप काम गर्नुपर्ने सञ्चारमन्त्रीको भनाई

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशभर गुणस्तरीय सूचना प्रविधिको पहुँच पुर्याउन थप काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

बुधबार क्यान इन्फोटेकको उद्घाटन गर्दै मन्त्री कार्कीले सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भएको बताए। उनले देशको सबै भुभागमा गुणस्तरीय पहुँच पुर्याउन अझै आवश्यक रहेको बताए। उनले यसको लागि सुलभ पहुँच र डिजिटल साक्षरतालाई सरकारले प्राथमिकता दिएको समेत स्पष्ट पारे।

मन्त्री कार्कीले भने, “सूचना प्रविधिको विकासबाट मात्र दूरदराजसम्म कसरी पुर्याउनेमा ध्यान दिनुपर्नेछ र पर्यटनबाट जस्तै विदेश निर्यात गर्दै विदेशी मुद्रा कसरी आर्जन गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिनुपर्नेछ।”

उनले यस क्षेत्रको विकास तथा प्रयोगबाट आर्थिक गतिबिधि बढेको र रोजगारी सिर्जना भएको भन्दै स्वास्थ्य, शिक्षा, कृषि लगायतका सेवा सहज र सरल भएको बताए। संचार मन्त्री कार्कीले सूचना प्रविधिलाई देश विकासको प्राथमिक आधारमा लिनुपर्ने भन्दै एकीकृत नीति बनाउने काम गरिरहेको जानकारी दिए।

उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार तयार पार्ने र मानव स्रोतको विकासमा सरकारले सहयोग पुर्याउने बताए। त्यसैगरी इन्टरनेटमा करको दर पुनरावलोकनका साथै नीति माग र गुणात्मक विकास गर्ने वर्तमान सरकारले नीति लिएको समेत बताए।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना महामारीबाट प्रभावित सुचना प्रविधि व्यवसायलाई यसले थप लाभ प्राप्त गर्न सघाउने अपेक्षा गरे। सरकारले गरेको नयाँ व्यवस्थाले गर्दा व्यवसायीले मोबाइल फोन ल्यापटप र प्रिन्टर आयातमा समस्या भोग्नुपरेको उनले गुनासो समेत गरे।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार