आईओएस १६ मा सुधारिएको नोटिफिकेशन र हेल्थ ट्र्याकिङ फिचर आउने

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
आईओएस १६ मा सुधारिएको नोटिफिकेशन र हेल्थ ट्र्याकिङ फिचर आउने

काठमाडौं ।

एप्पलको अब आउने आईओएस १६ मा केही महत्वपूर्ण फिचरहरु समावेश हुन सक्ने भएको छ।

हालै एप्पलको विश्लेण गर्ने ब्लूमबर्गका मार्क गर्मनले यस्तो जानकारी बाहिर ल्याएका हुन्।

गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा आईओएस १५ मा सुधारिएको नोटिफिकेशन तथा नयाँ हेल्थ ट्र्याकिङ फिचर समावेश हुन सक्ने उल्लेख गरेका हुन्।

तर आईओएस पूरै नयाँ डिजाइनमा आउने अपेक्षा भने गर्न नमिल्ने गर्मनको भनाइ छ।

‘एक दशकदेखि कुनै उल्लेख्य परिवर्तन नभए पनि मैले आईओएसको इन्ड-टू-इन्ड रिडिजाइन अपेक्षा गरेको छैन’, गर्मनले भनेका छन्।

कुनै पनि इन्टरफेसमा भएको परिवर्तनको हद आईप्याडको मल्टिटास्किङ यूजर इन्टरफेसमा गरिएको परिमार्जन मात्र देखेको उनले संकेत गरेका छन्।

यस्तै वाचओएस९ मा पनि एक्टिभिटी तथा हेल्थ ट्र्याकिङ फिचरमा अपग्रेड आउन सक्ने बताए पनि यसका बारेमा गर्मनले कुनै विवरण शेयर गरेका छैनन्।

म्याकओएसका बारेमा पनि प्रस्ट जानकारी उपलब्ध हुन सकेको छैन।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...