नेपाल टेलिकम अब योग्य संस्थागत लगानीकर्ता

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
नेपाल टेलिकम अब योग्य संस्थागत लगानीकर्ता

काठमाडौं ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम/एनटीसी) अब योग्य संस्थागत लगानीकर्ता भएकोछ।

नेपाल धितोपत्र बोर्डले नेपाल टेलिकमसहित अन्य ८ नयाँ संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो। बोर्डले मान्यता दिएसँगै दूरसञ्चार क्षेत्रबाट योग्य संस्थागत लगानीकर्ता हुने एक मात्र कम्पनी भएको छ।

बोर्डले यहि चैत २३ गते नेपाल टेलिकमसहितका कम्पनीहरुलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो। अन्य कम्पनीहरु भने शेयर बजार कारोबार र लगानीसहित अन्य क्षेत्रसँग सम्बन्धित रहेका छन्। योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ।

के हो योग्य संस्थागत लगानीकर्ता ?

बुक विल्डिङ विधिबाट सार्वजनिक शेयर निष्कासन ९आईपीओ० गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य लिनुपर्छ। बुक विल्डिङ विधिबाट शेयर जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ। यस्ता लगानीकर्ताहरुले बजारमा प्रारम्भिक शेयर जारी हुँदा कम्पनीहरुमा पहिले नै संस्थागतरुपमा लगानी गरेर शेयर लिन सक्दछन्।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘हेलो गृह’ कल सेन्टर सञ्चालनमा

  • Technology Khabar
  • २४ चैत्र २०७८, बिहीबार