जेडटीईले एक्जोन ४० सिरिज यसै महिना सार्वजनिक गर्ने

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
जेडटीईले एक्जोन ४० सिरिज यसै महिना सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड जेडटीईको एक्जोन ४० सिरिज स्मार्टफोन यसै महिना सार्वजनिक हुने भएको छ।

यो डिभाइसका बारेमा थुप्रै प्लेटफर्ममा जानकारी लीक हुँदै आएकोमा पछिल्लोपटक टीनामा गरिएको सूचीकरण अनुसार यसै महिना सार्वजनिक हुने सुनिश्चित भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसै कुरालाई कम्पनीको मोबाइल डिभिजनका अध्यक्षले आफ्नो वेबो एकाउन्टमा टिजर पोस्टर शेयर गर्दै एक्जोन ४० को प्रो भेरियन्ट यसै महिना चीनमा सार्वजनिक हुनसक्ने संकेत गरेका हुन्।

उक्त टिजर पोस्टरमा यसका बारेमा धेरै जानकारी नदिइएको भए पनि टीनाको लीक लगायत विगतका रिपोर्टहरुका आधारमा एक्जोन ४० प्रो नुबिया जेड४० प्रोको नयाँ नाम राखिएको भर्सन हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...