काठमाडौं ।
इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ।
टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन्। भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ। यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ।
अफवाहअनुसार भिभो भि२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ।
भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भि सिरिजको स्मार्टफोनले उपभोक्ताहरू माझ हलचल मच्चाइरहेको छ। भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलिरहेको छ।
यसबाहेक, भिभोले पछाडिपटि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्तु बनाएको हल्ला छ। कोही भन्छन् कि यसको रुप–रंग एक साँचो दृश्य आनन्द हुनेछ जसले स्मार्टफोन डिजाइनको कथालाई रूपान्तरण गरेको छ। ब्रान्डले वास्तवमै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिश सुविधाहरू ल्याइरहेको छ। स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ।
हालसम्म, भिभोको आगामी स्मार्टफोनको बारेमा यति मात्रै खुलासा भएको छ । भि२३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ। यो स्मार्टफोनले सबैको ध्यान तान्नेछ त्यसका लागि भिभोको रंग परिवर्तन हुने ग्लास डिजाइन आकर्षणमा हुनेछ।
भिभोको भि सिरिजका स्मार्टफोनहरूले ग्राहकहरू माझ लोकप्रियताको हिसाबले आशाजनक वृद्धि देखाएको छ। यो मुख्यतया भिभोको प्रचण्ड क्यामेरा नवीनता, अत्याधुनिक प्रविधि, सधैं विकसित हुने डिजाइन र अर्थमय कार्यसम्पादनको कारण हो। ब्रान्डले उपभोक्ताको मागमा केन्द्रित रहँदै उनीहरुले स्मार्टफोनमा खोज्ने कुरालाई सही रूपमा प्रस्तुत गरेको छ। भिभोले गहन बजार अनुसन्धान र विश्लेषणपछि मात्र उच्च गुणस्तरका सुविधा भएका उत्पादनहरु ल्याउँछ।
प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार