सामसङ र आईफिक्सिटको सहकार्यमा ग्यालेक्सी अटो-रिपेयर कार्यक्रम आउँदै

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
सामसङ र आईफिक्सिटको सहकार्यमा ग्यालेक्सी अटो-रिपेयर कार्यक्रम आउँदै

काठमाडौं ।

सामसङ अमेरिकाले ग्यालेक्सी स्मार्टफोन र ट्याब्लेटका लागि सेल्फ रिपेयर सेवा जारी गर्ने भएको छ।

आईफिक्सिट सँगको सहकार्यमा आउने ग्यालेक्सी सेल्फ रिपेयर कार्यक्रम अन्तर्गत सामसङ डिभाइस प्रयोगकर्ताले स्पेयर पार्ट्स, रिपेयर टूल तथा डिभाइस मर्मत गर्ने गाइडमा पहुँच बनाउन सक्ने जीएसएमएरिनाले जनाएको छ।

यो कार्यक्रम यसै गृष्म ऋतुमा सार्वजनिक हुने र शुरुमा ग्यालेक्सी एस२० तथा एस२१ सिरिज र ग्यालेक्सी ट्याब ७+ मा लागू हुने बुझिएको छ।

सार्वजनिक कार्यक्रममा सुनिश्चित गरिएका डिभाइसहरुले डिस्प्ले, ब्याक ग्लास तथा चार्ज पोर्टसम्बन्धी पार्टपुर्जाहरुमा पहुँच पाउने बताइएको छ।

प्रेस विज्ञप्तिमा ब्याट्री परिवर्तनबारे उल्लेख नगरिएको भए पनि सामसङ अमेरिकाका सीईओले द भर्जलाई डिस्प्ले एसेम्ब्ली ब्याट्रीसँगै जोडिएर आउने बताएको जीएसएमएरिनाले बताएको छ।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • १८ चैत्र २०७८, शुक्रबार