मस्कले दिए आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
मस्कले दिए आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ

काठमाडौं ।

स्पेसएक्सका सीईओ इलन मस्कले आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ दिएका छन्।

रुसी अन्तरिक्ष एजेन्सीले हालै पश्चिमी राष्ट्रहरुले घोषणा गरेको रुसमाथिको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस अमेरिका, यूरोप वा भारतमा खस्न सक्ने चेतावनी दिएको थियो।

यसैको जवाफमा इलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले उक्त दुर्घटनाबाट आईएसएसलाई जोगाउन सक्ने बताएका हुन्।

रोस्कस्मसका प्रमुख दिमित्री रोगोजिनले ट्विटर थ्रेडमा यूक्रेनमाथि रुसी सैन्य हमलाप्रतिको व्यवहारले आईएसएसमा रहेको साझेदारी भंग हुनसक्ने चेतावनी पनि दिएका थिए।

उनले ‘यदि रुसलाई यो साझेदारीबाट अलग्याइएमा ईएसएसलाई अक्षबाट अनियन्त्रितरुपमा बाहिर जानबाट कसले जोगाउँछ?’ भन्ने प्रश्न पनि गरेका थिए। मस्कले यसैको जवाफ सटिक रुपमा स्पेसएक्सको फोटोसहित दिएका समाचारमा उल्लेख छ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...