पाल्पा र तनहुँमा विद्युतीय राहदानी बितरण सुरु

  • Technology Khabar | ४ फाल्गुन २०७८, बुधबार
पाल्पा र तनहुँमा विद्युतीय राहदानी बितरण सुरु
ई–पासपोर्टका लागि फोटोसहित तथ्यांक संकलन गरिँदै। फाइल तस्बिर

काठमाडौं ।

पाल्पा जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानी बनाउन सुरु गरेको छ। यसअघि मेसिन रिडेबल (एमआरपी) राहदानी जारी गर्दै आएको प्रशासनले विद्युतीय राहदानी (ई–पासपोर्ट) अनलाइन फाराम जारी गरेको जनाएको छ ।

पाल्पामा पहिलो पटक विद्युतीय राहदानी बनाउन सुरु गरेको हो।विभागबाट मेसिन जडानलगायतको काम थालिएको छ।

पाल्पामा विद्युतीय राहदानी वितर ण सुरु भएपछि से वाग्राहीले सेवा लिन सुरु गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी दिइने प्रजिअ पन्तले बताए।

नयाँ पासपोर्ट लिन चाहनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिने प्रशासनले जनाएको छ ।

विद्युतीय राहदानीमा भएको विद्युतीय चिप्समा व्यक्तिका सबै विवरणहरू राखिने छ। लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित विद्युतीय राहदानी विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले ११ वर्षपछि विद्युतीय राहदानी प्रयोगमा ल्याएको उनले बताए।

अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समावेश हुने प्रशासनले जनाएको छ। एमआरपीको तुलनामा विद्युतीय राहदानी बढी विश्वसनीय र सुरक्षित हुने भएकाले यसका प्रयोगकर्ता बढ्ने विश्वास गरिएको छ ।

विद्युतीय राहदानी लिन पुरानै प्रक्रिया अपनाउनुपर्ने भए पनि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य समावेश गर्नुपर्ने प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिईन् । राष्ट्रिय परिचयपत्र समावेश भएको विवरणहरू नै विद्युतीय राहदानीमा समावेश हुने उनले बताईन्।

यसैबिच जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई–पासपो र्ट) वितरण सुरु गरेको छ । जिल्लाबाटै विद्युतीय राहदानीको दर्ता र वितर ण गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । एक महिनाभन्दा अघिदेखि विद्युतीय राहदानीका लागि सेवाग्राहीको फर्म भर्ने र अन्य आवश्यक कागजात सङ्कलन गर्ने काम थालिएको छ ।

राहदानी विभाग काठमाडौँबाट सेवाग्राहीको विद्युतीय राहदानी छापिएर आएपछि हालै वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । मङ्गलबार दैनिक ४० जनाको विद्युतीय राहदानी दर्ता गरि एको उनले बताए। गोरखापत्र

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...