नेटफ्लिक्समा थपिए ‘हेक्सटेक मेहेम’ तथा ‘डञ्जन ड्वार्भ्स’ शीर्षकका गेमहरु

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
नेटफ्लिक्समा थपिए ‘हेक्सटेक मेहेम’ तथा ‘डञ्जन ड्वार्भ्स’ शीर्षकका गेमहरु

काठमाडौं ।

स्ट्रिमिङ सेवा प्रदायक नेटफ्लिक्सले आफ्नो गेमिङ लाइनअपलाई फेरि एक पटक विस्तार गरेको छ।

कम्पनीले हालै दुई ओटा नयाँ शीर्षकमा गेमहरु आफ्नो प्लेटफर्ममा आजबाटै लागू हुनेगरी थप गरेको छ। थप गरिएका शीर्षकमा रायट गेम्सको ‘हेक्सटेक मेहेम’ तथा अर्को भने डञ्जन ड्वार्भ्स रहेका छन्।

हेक्सटेक मेहेम एउटा लिग अफ लेजन्ड्सको कथा हो जुन निन्टेन्डो स्विच, स्टिम, द एपिक गेम्स स्टोर तथा जीओजी डटकम जस्ता अन्य प्लेटफर्म तथा बजारमा पनि ९.९९ डलरमा डाउनलोडका लागि उपलब्ध रहेको छ।

यसैगरी दोस्रो शीर्षक डञ्जन ड्वार्भ्स भने क्लब पेनगुइनका सह संस्थापक लान्स प्रीबेले सन् २०१२ मा स्थापना गरेको कम्पनीबाट क्यानेडियन डेभलपर हाइपर हिप्पोले विकास गरेका हुन्।

आज सार्वजनिक हुँदै गरेका यी दुवै शीर्षकका गेमहरुले नेटफ्लिक्ससँग नयाँ साझेदारी गरेका छन्।

नेटफ्लिक्सका अनुसार हेक्सटेक मेहेम यसअघि पोल्याण्ड, इटली, स्पेन तथा ब्राजिलको बजार सफ्ट लञ्च गरिसकिएको छ। अब भने यो विश्व बजारमा पूर्णरुपमा उपलब्ध हुन लागेको हो।

तर यो गेम यसअघि २०२१ को नोभेम्बरमा अन्य प्लेटफर्ममा उपलब्ध भएकोभन्दा बिल्कुलै नयाँ रहेको टेकक्रन्चले उल्लेख गरेको छ।

यसले नेटफ्लिक्स गेमको संग्रहमा समावेश हुने पहिलो मुख्य गेमिङ फ्रेन्चाइजको प्रतिनिधित्व पनि गर्दछ। तर यो विश्व बजारमा उपलब्ध नेटफ्लिक्सको पहिलो गेम भने होइन। हालै अन्य प्लेटफर्ममा उपलब्ध ‘आर्कानियम: राइज अफ अखान’ पनि प्रिमियम शीर्षकको गेम हो।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार