एप्पलको आईमेसेज जस्तै फिचर ल्याउने तयारीमा ह्वाट्सएप्, यस्ता हुनेछन् परिवर्तन

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
एप्पलको आईमेसेज जस्तै फिचर ल्याउने तयारीमा ह्वाट्सएप्, यस्ता हुनेछन् परिवर्तन

काठमाडौं ।

मेटा अन्तर्गतको ह्वाट्सएपले पनि आईमेसेजको जस्तै फिचर परीक्षण गरिरहेको छ।

यो फिचरमार्फत् यूजरहरुले च्याटमा कुनै पनि ईमोजीमार्फत् रियाक्ट गर्न सक्नेछन्। यो फिचर ह्वाट्सएपमा यसअघि नै देखिएको थियो तर कम्पनीले सार्वजनिक भने गरेको थिएन।

अहिले भने ह्वाट्सएपको यो फिचर अपेक्षा गरेभन्दा केही अगाडि नै आउन सक्ने आकलन गरिएको छ।

मूल कम्पनी मेटाले यो फिचर हालै फेसबुक मेसेन्जरका लागि जारी गरेको थियो। यसका साथै मेसेन्जरका लागि स्क्रीनशट डिटेक्शन फिचर पनि जारी गरेको छ।

ह्वाट्सएपको अनुगमन गर्ने वेबसाइट डब्लूएबिटाइन्फोका अनुसार मेसेज रियाक्शन फिचर र इन्ड-टू-इन्ड इन्क्रिप्शन सँगसँगै तयार गरिन लागेको छ।

यसलाई आगामी ह्वाट्सएप बिटामा सार्वजनिक गरिने बताइएको छ। रिपोर्ट अनुसार यो फिचर एन्ड्रोइड तथा आईओएस ह्वाट्सएप बिटाका लागि अब आउने अपडेटमा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यसका बारेमा हालै केही स्क्रीनशट पनि शेयर भएका छन्।

यसबाट यूजरले मेसेजमा पहिलेदेखि नै उपलब्ध थुप्रै इमोजीमार्फत् रियाक्ट गर्न सक्नेछन्। यसका लागि यूजरले मेसेजमा ट्याप गरेर इमोजी सेलेक्ट गर्नुपर्छ। यो मैसेज रिएक्शन फिचर आईमेसेजको फिचर जस्तै छ।

डब्लूएबिटाइन्फोले यसअघि नै यो मेसेज रियाक्शन फिचर इन्ड-टू-इन्ड इन्क्रिप्टेड हुने बताएको थियो। यसबाट च्याट लिस्टभन्दा बाहिरका कुनै यूजरले रियाक्शन देख्न पाउँदैनन्।

मेसेजमा थुप्रैपटक रियाक्ट गर्न सकिने भए पनि ९९९ पटकभन्दा बढी रियाक्शन मेसेजमा आउँदा ९९९+ लेखेको देखिनेछ। यो फिचर विशेषगरी ग्रुप च्याटका लागि रहेको आजतकले उल्लेख गरेको छ।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार