पूर्ण सेल्फ ड्राइभिङ सफ्टवेयरमा समस्या आएपछि टेस्लाले गाडी फिर्ता गराउँदै

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
पूर्ण सेल्फ ड्राइभिङ सफ्टवेयरमा समस्या आएपछि टेस्लाले गाडी फिर्ता गराउँदै

काठमाडौं ।

टेस्ला इंकले कम्पनीको पूर्ण सेल्फ-ड्राइभिङ (बीटा) सफ्टवेयरमा समस्या देखिएपछि अमेरिकी बजारबाट ५३,८२२ ओटा गाडीहरू फिर्ता गराउने भएको छ।

ती गाडीहरुमध्ये केही मोडेलहरूमा राखिएको सफ्टवेयरमा “रोलिङ स्टपहरू” सञ्चालन गर्न र सुरक्षा जोखिम खडा गर्ने केही चौबाटोहरूमा पूर्ण रूपमा नरोकिने समस्याभएपछि कम्पनीले ती गाडीहरुमा सफ्टवेयर अपडेट गर्ने भएको हो।

नियमनकारी निकाय राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले केही २०१६-२०२२ मोडल एस र मोडल एक्स, २०१७-२०२२ मोडल ३, र २०२०-२०२२ मोडल वाई सवारीसाधनहरू समेटिएको बताएको छ।

नियमनकारी निकायले एफएसडी बीटाको रूपमा पनि चिनिने सुविधाले सवारी साधनहरूलाई पहिले रोकिनुपर्नेमा सो नगरिकन नै सबै बाटोहरुमा र चौबाटोबाट यात्रा गर्न अनुमति दिने बताएको छ।

टेस्लाले ओभर-द-एयर सफ्टवेयर अपडेट परफर्म गर्नेछ जसले “रोलिङ स्टप” कार्यक्षमतालाई असक्षम पार्ने नियमनकारी निकायले भनेको छ।

टेस्लाले यस्तो सफ्टवेयर सिस्टम भएको गाडीहरु हाल अमेरिकामा ६० हजार ओटा बाटोमा कुदिरहेको बताएको छ।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार