
काठमाडौं ।
बेइजिङमा हुने २०२२ शीतकालीन ओलम्पिक खेल्न जाने खेलाडीहरू र आगन्तुकहरूले आफ्नो फोन घरमै छाड्न र यसको सट्टा अस्थायी फोनहरू प्रयोग गर्न अमेरिकी संघिय अनुसन्धान ब्यूरो (एफबीआई)ले आग्रह गरेको छ।
यो साइबर गतिविधिहरूले इभेन्टहरूलाई कसरी बाधा पुर्याउन सक्छ भन्ने बारे व्यापक चेतावनीमाका बिच आएको छ। यसमा र्यान्समवेयर र डिओएस आक्रमणहरूलाई पनि समावेश गर्दछ।
यसका साथै एफबिआईले मालवेयर, डाटा चोरी र मोबाइल उपकरणहरूमा “ट्र्याकिङ उपकरणहरू” इन्स्टल गर्ने बारे पनि चेतावनी दिएको बीबीसीले जनाएको छ।
“एफबीआईले सबै खेलाडीहरूलाई आफ्नो व्यक्तिगत सेल फोन घरमा राख्न र खेलहरूमा अस्थायी फोन प्रयोग गर्न आग्रह गर्दछ,” यसले लेख्यो।
एफबीआईले ओलम्पिक विरुद्ध “कुनै विशेष खतरा” बारे सचेत नभएको तर साझेदारहरूलाई “सतर्क रहन” प्रोत्साहित गरेको बताएको छ।
यसले केही पश्चिमी देशहरूमा राष्ट्रिय ओलम्पिक समितिहरूले पनि व्यक्तिगत मोबाइल फोनको प्रयोग विरुद्ध सल्लाह दिइरहेको जानकारी थप गरेको छ।
साइबर सुरक्षा समूह सिटिजन ल्याबबाट पनि यस्तै चेतावनी पछि यो सुझाब आएको हो।
यस महिनाको सुरुमा, यसले ओलम्पिकको लागि आधिकारिक एपमा हेरेको थियो जुन सहभागी व्यक्तिहरूले कोभिड स्वास्थ्य निगरानी उद्देश्यका लागि डाउनलोड गर्न आवश्यक छ।
प्रकाशित: १९ माघ २०७८, बुधबार