
काठमाडौं ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाइने अफर ल्याएको छ।
साथै ५००० सम्म को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन्।
कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो।
यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरी फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।
प्रकाशित: १० माघ २०७८, सोमबार